गाउँ सहर

टेम्पो पल्टीदा चालकको मृत्यु

काठमाडाैं । गएराती टेम्पो पल्टीदा चालकको मृत्यु भएकाे छ । चितवनको खैरहनी नगरपालिका–८ मगनी गाँउमा गएराती टेम्पो पल्टीदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने अन्दाजी ३५ बर्षीय लक्ष्मण बछाइ रहेका छन् ।

भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको राती ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ ।

टुंगराबाट पर्सा तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–०१ ह १६ २१ नम्बरको टेम्पो गएराती १० बजे अनियन्त्रीत भई पल्टिँएको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता