सीवाईसी लघुवित्तको आईपीओ बाँडफाँड, २२ लाखमा ३७ हजारले पाए
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | १७:४६:०० मा प्रकाशित

काठमाडाैं । सिवाइसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणकाे लागि बिक्रीमा ल्याएकाे आईपीओ बाँडफाँट गरेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलमा शेयर बाँडफाँट भएको हो।
कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।
लघुवित्तको आईपीओ २२ लाख ५ हजार ६३३ जनाकाे आवेदन परेको थियो । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ । त्यस अनुसार २२ लाख २ हजार ३६१ जनाको योग्य आवेदन परेको छ ।
लघुवित्तले बिक्रीमा ल्याएको आइपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदनहरुलाई गोलाप्रथा माध्यमबाट शेयर बाँडफाँट भएको छ ।
त्यस अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३६ हजार ९४८ जनाले शेयर पाएका छन् । बाँकी रहेको ८ कित्ता शेयर त्यसमध्येबाट १० कित्ता भन्दा बढी आवेदन गर्नेलाई गोलाप्रथाबाट वितरण गरिएको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ।
यसरी हेर्न सकिन्छ आईपीओकाे नतिजा
१. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडीएससी) ले आईपीओको नतिजा हेर्नकै लागि सञ्चालन गरेको वेबसाइट
२. बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट
३. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको वेबसाइट आईपीओ एप्लिकेसन रिपोर्टमा
४. धितोपत्र निष्काशक कम्पनी सीवाइसी लघुवित्त वित्तीय संस्थाको वेबसाइट

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस