त्रिविले दियो २३ दिन वर्षे विदा (सूचना सहित)
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | १६:२६:०० मा प्रकाशित

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले यही २२ गतेदेखि जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने जनाएको छ ।
त्रिवि कार्यकारी परिषद्को बैठकले वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा अर्थात सेमेस्टर सकिएपछि बिदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट नै बिदाबारे निर्णय गर्न सक्ने जनाएको छ ।
यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ ।
त्रिविले एक सूचना प्रकाशन गरेर बैशाख १४ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले चालू शैक्षिक सत्रको वर्षे विदाको रुपमा २३ दिन विदा दिइने उल्लेख छ ।
अरु क्याम्पस, विभाग र स्कुलहरुको हकमा भने आउने २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन वर्षे बिदा दिने निर्णय गरेको विश्वविद्यालयले सूचनामार्फत जानकारी दिएको हाे । यो समयमा विद्यार्थीहरुको परीक्षा चलिरहेको भए परीक्षा यथावत् नै रहने सूचनामा जनाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस