बुधाबारसम्म ८८ प्रतिशत मतपत्र छापियाे, २२ जिल्लामा पठाइयो
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | ०८:०४:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि बुधाबारसम्म ८८ प्रतिशत मतपत्र छापिसकेको बताएको छ। आयोगले २२ जिल्लामा मतपत्र पठाउने कामसमेत सम्पन्न गरिसकेको छ । २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको आयोगले जनाएको छ।
आयोगले बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेलधुरामा मतपत्र पठाएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
उनका अनुसार प्रदेश १ को ताप्लेजुङ, पाँचथर र इलाममा पनि मतपत्र पठाइएको छ। पठाइएका मतपत्र केही दिनभित्रै सम्बन्धित पालिकामा पुगिसक्ने उनले जानकारी दिए।
वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी तेह्र जिल्लामा मतपत्र पठाइएको थियो।
निर्वाचनका लागि कुल १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान आयोगले गरेको छ। आयोगले यसअघि नै निर्वाचन सम्बन्धी अन्य सामग्रीसमेत ढुवानी गरिसकेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस