तालमेल नभएका पालिकामा अन्तिमसम्म गठबन्धनकाे कोसिस गरिने
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | १५:५२:०० मा प्रकाशित
काठमाडाैं । सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनमा चुनावी तालमेल नभएका नगर र गाउँपालिकामा सिट बाँडफाँटका लागि प्रदेश र जिल्ला संयन्त्रलाई बैठक राख्न निर्देशन दिएको छ ।
आइतबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटको समझदारीका लागि आवश्यक कार्य निर्देशन दिएको हो । अधिकांश पालिका चुनावी तालमेल नभएपछि शीर्ष नेताको बैठकले यस्तो निर्देशन दिएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनले बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले महानगरपालिका, उपमहानगरपालिका र गठबन्धन भएका पालिकामा परेको बागी उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो ।
बैठकले गरेको सात बुँदे निर्णयअनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकामा गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी सम्बन्धित दलले फिर्ता गर्ने, गठबन्धन दलका सदस्यले स्वतन्त्र हैसियतमा दिएको उम्मेदवारी पनि सम्बन्धित दलले नै गराउने, गठबन्धनको प्रदेश र जिल्ला बैठक बसेर आजै महानगर र उपमहानगरका वडामा आजै सिट बाँडफाँटको साझेदारी गर्ने उल्लेख छ ।
यस्तै नगरपालिका र गाउँपालिकामा गठबन्धन दलका बीचमा भइसकेको सिट बाँडफाँट समझदारी विपरीत परेका उम्मेदवारी फिर्ता गराउने, समझदारी हुन नसकेका पालिकामा आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि पहल गर्ने उल्लेख छ । गठबन्धनका दलले गठबन्धनभित्रका दलबाहेक अरू दलसँग तालमेल नगर्ने र तालमेल भएका ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने पनि सहमति भएकाे छ ।
केन्द्रमा पाँच दलबीच चुनावी तालमेलको सहमति भए पनि स्थानीय स्तरमा भने तालमेल नमान्ने, बागी र स्वतन्त्र उम्मेदवारी दिने, विवाद गर्ने जस्ता क्रियाकलाप भइरहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
प्रतिकृया दिनुहोस