गाउँ सहर

बलात्कारकाे आरोपमा युवक पक्राउ

ग्रल्मी । प्रहरीले बलात्कार गरेको आरोपमा एक जनालाइ पक्राउ गरेकाे छ । एक युवतीलाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका- ६ का ४३ वर्षीय उमबहादुर नेपाली पक्राउ परेका प्रहरीले जानकारी दिएकाे छ । नेपालीले गत फागुन २ गते साझ सोही वडाको दौघा स्थित गोठमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

उनीविरुद्ध गत वैशाख १२ गते जाहेरी परेपछि वैशाख १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिएका हुन् ।

नेपालीलाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खरेलले बताएका छन् । 

गाउँ सहर संवाददाता