स्वास्थ्य

काेराेना अपडेट : २१ जनामा संक्रमण, १७ जना निकाे

काठमाडाैं । देशमा पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १७ जना कोभिड १९ संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये आज काठमाडौंमा मात्रै संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७६ पुगेको छ । आजसम्म ३१ जिल्लामा संक्रमणमुक्त भएका छन् ।

आज देशभर २७० जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । आज आईसीयूमा र भेन्टलेटरमा कुनैपनि संक्रमित नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत