स्थानीय तहको निर्वाचनका लागि देशभर ३७ हजार उम्मेदवारी दर्ता
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | १७:१२:०० मा प्रकाशित
काठमाडाैं । स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार अपराह्न ४ बजेसम्म ३७ हजार ५८५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएकाे छ ।
निर्वाचन आयोगका अनुसार महानगरपालिका–उपमहानगरपालिका र नगरपालिकाका प्रमुख पदमा एक हजार ३९५ र उपप्रमुख पदमा ७८४ उम्मेदवारी परेको छ ।
गाउँपालिकाको अध्यक्षको पदमा एक हजार ३२६, उपाध्यक्ष पदमा ८२२ र वडाअध्यक्ष पदमा नौ हजार ७९७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, महिला सदस्य पदमा पाँच हजार ८४९, दलित महिला सदस्यमा पाँच हजार ९५ र सदस्यमा १२ हजार ५१७ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
यसअघि ३ बजेसम्म २८ हजार ८०५ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार प्रमुख पदमा एक हजार १७० र उपप्रमुख पदमा ६३१ उम्मेदवारी परेको छ ।
त्यस्तै, गाउँपालिकाको अध्यक्षको पदमा एक हजार ५०, उपाध्यक्ष पदमा ६०६ र वडाअध्यक्ष पदमा सात हजार ६६२ जनाले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी, महिला सदस्य पदमा चार हजार ४३१, दलित महिला सदस्य पदमा तीन हजार ७७६ र सदस्य पदमा नौ हजार ४७९ जनाले उम्मेवादरी दर्ता गराएको आयोगले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस