श्रीमतीकाे हत्या आरोपमा दुई जना पक्राउ
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | १३:१६:०० मा प्रकाशित
काठमाडाैं । आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका १० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिराहा लाहान नगरपालिका ७ घर भएका ४२ वर्षीय प्रबिन चौधरीलाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।
श्रीमतीलाई सुतिरहेको अवस्थामा आगो लगाई हत्या गर्न खोजेका थिए । शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाई घाइते बनाएपछि उपचारको क्रममा मृत्यु भएको भएको थियो । आगो लगाएको अवस्थामा स्थानीयबासीले फेला पारी घाइतेको उपचार लागि अस्पताल भर्ना गरेको तर उपचार क्रममा मृत्यु भएको सोमबार प्रहरीले प्रकाशन गरेको विज्ञप्तीमा उल्लेख छ ।
यता मकवानपुरमा आफ्नै श्रीमती २८ वर्षीया दिया शर्माको हत्या गरेको अभियोगमा भारतीय नागरिकलाई पक्राउ गरेको छ । बकैया गाउँपालिका ५ तीनतले बस्ने भारत मध्यप्रदेश भाेपाल घर भएका ३० वर्षीय पवन सोनीलाई प्रहरीले आइतबर राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पवनले घरायसी विवादको कारण सुत्ने कोठामा घाँटी थिची हत्या गरेको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
प्रतिकृया दिनुहोस