आजदेखि बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बिक्रीमा
- गाउँ सहर संवाददाता
- ११ बैशाख आइतबार, २०७९ | १२:५६:०० मा प्रकाशित

काठमाडाैं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज (बैशाख ११ गते) देखि निष्कासन तथा बिक्री खुला हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता र बाँकी ३ लाख कित्ता सेयर आयोजनाको मुख्य संरचना जोडिएका लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएकाे छ ।
निष्कासन बन्द छिटोमा बैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ९ गते हुनेछ। आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेँसीशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेँसीशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिने बताइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
प्रतिकृया दिनुहोस