राजनीति

बालकाेटमा एमाले सचिवालय बैठक जारी

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोटमा जारी छ । । महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयर उम्मेदवारबारे छलफल गर्न बैठक बोलाएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

महानगर, जिल्ला हुदै प्रदेश कमिटीबाट सिफारिस भएर आएका नाममा एमालेले महानगर र उपमहानगरका उम्मेदवार केन्द्रबाट छान्नेछ । 

एमालेसहित सबैजसो दलहरु आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनमा व्यस्त छन् । निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवार मनोनयनका लागि समय छुट्याएको छ ।

गाउँ सहर संवाददाता