कांग्रेसबाट काठमाडौं महानगर प्रमुखमा पाँचजनाको नाम सिफारिस (नामसहित)
- गाउँ सहर संवाददाता
- ८ बैशाख बिहीबार, २०७९ | १४:१४:०० मा प्रकाशित

काठमाडाैं । कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरिएको छ । सत्तारूढ दल नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरिएको हाे । आसन्न स्थानीय तह निर्वाचनका लागि आकांक्षीको नाम सिफारिस गरिएको हो ।
कांग्रेस काठमाडौं महानगर समितिले बिहीबार पाँचजनाको नाम सिफारिस गरेको सचिव सुशान वैद्यले जानकारी दिएका छन् ।
सिफारिस गरिएकाहरूमा नगर समिति सभापति नीलकाजी शाक्य, सचिव सुशासन वैद्यसहित वर्तमान नगर उपप्रमुख हरिप्रभा खड्गीको नाम छ । यस्तै, कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिजना सिंह तथा नेता प्रगतिमान रञ्जितको नाम पनि सिफारिस गरिएको सचिव वैद्यले जानकारी दिए ।
महानगर समितिले उपप्रमुख पदमा पनि नाम सिफारिस गरेको छ । जसमा सुशीला ढकाल र अम्बिका प्रधान शाक्य परेका छन् ।
सत्ता गठबन्धनको केन्द्रीय बैठकले भने महानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का साझा उमेदवार उठाउने निर्णय गरिसकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस