गाउँ सहर

काभ्रेपलाञ्चोकमा चट्याङ लागेर एक जनाकाे मृत्यु

काठमाडाैं । चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  चट्याङ लागेर काभ्रेपलाञ्चोकमा मंगलबार एक जनाको मृत्यु भएको हाे ।

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ ठूलोबासपुर केराबारी बस्ने १६ वर्षीया कान्छि माया मोक्तानको चट्याङ लगेर मंगलबार साँझ मृत्यु भएको हो । आफ्नै घरमा अचानक परेको चट्याङ लाग्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

गाउँ सहर संवाददाता