अझै सुरु भएन ११ बजे बाेलाइएकाे सत्ता गठबन्धनकाे बैठक
- गाउँ सहर संवाददाता
- ७ बैशाख बुधबार, २०७९ | १२:५०:०० मा प्रकाशित

काठमाडाैं । सत्ता गठबन्धनले बुधबार ११ बजे बस्ने भनिएको बैठक अझै सुरु हुन सकेको छैन । गठबन्धनले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रुप दिन बुधबार ११ बजे बस्ने भनिएको बैठक अझै सुरु भएकाे छैन । बैठकमा सहभागी हुन गठबन्धनका दोस्रो तहका नेताहरु समयमै बालुवाटार पुगे पनि शीर्ष नेताहरु नपुग्दा बैठक सुरु हुन नसकेको हो ।
माओवादी केन्द्रका नेता देव गुरुङले दोस्रो तहका नेता बालुवाटार पुगे पनि बैठक सुरु नभएको जानकारी दिए । सत्ता गठबन्धनबीच महानगरको भागबण्डा लगभग टुङ्गिए पनि उपमहानगरमा कुरा मिलिसकेको छैन । जनकपुर उपमहानगर र नेपालगञ्ज उपमहानगरमा काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले दावी नछोड्दा सहमति जुट्न ढिलाई भएको नेताहरुको भनाइ छ ।
सात महानगरमध्ये नेपाली काँग्रेसले तीन तथा माओवादी समाजवादी र जसपाले एकएक महानगरको नेतृत्व गर्न सहमति जुटेको बुझिएको छ । तर ११ उपमहानगरमा भने नौ वटामा सहमति जुटेपनि २ वटामा सहमति नहुँदा गठबन्धनको भागबण्डा जटिल बन्दै गएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
प्रतिकृया दिनुहोस