निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस् : निर्वाचन आयोग
- गाउँ सहर संवाददाता
- ६ बैशाख मंगलबार, २०७९ | १४:१९:०० मा प्रकाशित
काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।
स्थानीय तहको निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेको भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेको भोलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्’ भनेका हुन् ।
मंगलबार राजधानीमा पत्रकारसँगको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।’
एमाले केन्द्रीय सचिवालयको सोमबारको केन्द्रीय सचिवालय बैठकले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेको थियो ।
त्यसको भोलिपल्ट थपलियाले भनेका छन्, ‘निर्वाचन हुने र नहुने कुनै पनि संशयलाई चिर्दै ३० वैशाखमा निर्वाचन गर्ने दृढ सकल्पमा आइपुगेका छौं ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस