गाउँ सहर
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु, एक गम्भीर
- गाउँ सहर संवाददाता
- ६ बैशाख मंगलबार, २०७९ | ११:१९:०० मा प्रकाशित
काठमाडाैं । मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हाे । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गौर स्थित जिल्ला अस्पतालमा राती पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडी सवार १८ बर्षीय धिरेन्द्र प्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको छ ।
गौरबाट कोप्वा तर्फ जादै गरेको भारतिय नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे दुर्घटना भएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस