पोखरा महानगरमा अड्किएकाे भागवण्डाकाे गाँठाे आज फुक्ला ?
- गाउँ सहर संवाददाता
- ६ बैशाख मंगलबार, २०७९ | ०६:४२:०० मा प्रकाशित

काठमाडाैं । भागबण्डाको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बन्न पुगेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी र कांग्रेसले आ-आफ्नो दाबी नछाड्दा सहमति गाँठाे अड्किएकाे हो ।
दिनभर बालुवाटारमा भेला भएर छलफल गर्दा पनि सहमति नजुटेपछि आज मंगलबार विहान साढे ११ बजे बस्ने गरि बैठक टुङ्गिएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा ६ वटा महानगरको भागवण्डा मिलाएर उपमहानगरमा प्रवेश गर्ने भनेर छलफल थालेका थिए ।
नेताहरुका अनुसार ५ वटा महानगरको भागवण्डा सहमति नजिक पुगेको छ, जसअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर र जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर पाउने छ ।
अन्य महानगरपालिकाको विषयमा भने सहमति जुटेको बैठकपछि एक नेताले जानकारी दिए । ती नेताका अनुसार चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिने सहमति भएको छ । यस्तै जसपालाई वीरगन्ज तथा बाँकी महानगरपालिका कांग्रेसले लिने गरी भागबण्डामा सहमति जुटेको छ ।
बैठक पछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महानगर र उपमहानगरपालिकामा तालमेल गर्न गठबन्धन दलहरु सहमति नजिक पुगेको बताए । उनले मंगलबार साढे ११ बजे पुनः बैठक बसेर सहमतिलाई अन्तिम रुप दिइने दाबी गरे । ‘सबै ठाउँमा सहमतिको नजिक पुगेका छौँ । अन्तिम रुप दिनका लागि भोलि साढे ११ बजेपछि यहाँ यसरी मिल्यो भनेर जानकारी गराउँछौँ’, बैठकपछि भने । उनले ६ महानगरपालिका र ११ वटै उपमहानगरपालिकामा सहमति नजिक पुगिएको दाबी गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस