६ वटै महानगरमा एमालेका उम्मेदवार सिफारिस, को कहाँ ? ( सूचीसहित)
- गाउँ सहर संवाददाता
- ५ बैशाख सोमबार, २०७९ | १२:५४:०० मा प्रकाशित

काठमाडाैं । प्रमुख प्रतिपक्षमा रहेको दल नेकपा एमालेले स्थानीय तह चुनावको लागि देशका ६ वटै महानगरपालिकाको नेतृत्वका लागि उम्मेदवार सिफारिस सकेको छ । तीन वटा महानगरमा सर्वसहमतिका आधारमा र अन्य तीन वटा महानगरमा भने आकांक्षीहरुका वीचमै केन्द्रले आपसी सहमतिका आधारमा छिनोफानो लगाउने गरी उम्मेदवार सिफारिसको काम सकेको एमालेले जानकारी दिएकाे छ ।
सत्ता गठबन्धन दलमा महानगरमध्ये कुन कसले लिने भन्नेमा दुविधा र विवाद जारी रहेकै बेला एमालेले भने आफनो पार्टीका तर्फबाट उम्मेदवार नै सिफारिसको काम सकेको जनाएको छ ।
हाम्रो ६ वटै महानगरमा उम्मेदवार सिफारिसको काम भईसकेको छ, अव केन्द्रले निर्णय गरेर उम्मेदवार चयन गरेर हामी चुनावी प्रचारमा जुटिहाल्छौं, एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए ।
अधिकारीका अनुसार चितवनको भरतपुर, ललितपुरको ललितपुर महानगर र पर्साको वीरगञ्ज महानगरपालिकाको मेयर एमालेले सर्वसम्मत रुपमा एक जनाको नाम मात्र केन्द्रमा सिफारिस गरेको छ । अन्यमा भने आकाक्षीहरुको नाम राखेरै सिफारिस गरिएको छ । भरतपुरमा विजय सुवेदी, वीरगन्जमा विजय सरावगी र ललितपुरमा हरिकृष्ण ब्यन्जनकार भने सर्वसम्मत मेयरका लागि सिफारिस भएका छन् ।
काठमाडौं महानगर
मेयर : संघीय सांसद रामवीर मानन्धर, मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्त
उपमेयर : सांसद रत्ना गुरुङ, पेम्बा लामा, मीना काफ्ले
ललितपुर महानगर
मेयर : हरिकृष्ण व्यञ्जनकार
उपमेयर : मञ्जली शाक्य
पोखरा महानगर
मेयर : दर्शन लामा, दीपकबहादुर पौडेल, कृष्णबहादुर थापा, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, बिखकल्याण पराजुली, बालकृष्ण काउछामगर र पुष्पराज अधिकारी
उपमेयर : विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र वामदेव ढुंगाना
चितवन महानगर
मेयर : विजय सुवेदी
उपमेयर : टुंगिन बाँकी
वीरगन्ज महानगर
मेयर : विजय सराबगी
उपमेयर : टुंगिन बाँकी
विराटनगर महानगर
मेयर : रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराई
उपमेयर : शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्याय ‘शिला’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस