गाउँ सहर
दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा चालकको मृत्यु
- गाउँ सहर संवाददाता
- ५ बैशाख सोमबार, २०७९ | १२:२३:०० मा प्रकाशित

काठमाडाैं । दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका-४ मा भारतीय नम्बरको दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक मोटरसाइकल चालकको मृत्यु भएको हाे । बाराको आदर्श कोतवाल गाउँपालिका-५ का २२ वर्षीय कमोद यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गरुडास्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
गए राति करिब साढे १० बजे भएको सवारी दुर्घटनालगतै फरार रहेका अर्का मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस