नेप्सेमा दाेहाेराे अंककाे गिरावट, एक अर्ब ४४ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- ४ बैशाख आइतबार, २०७९ | १५:१३:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से २९.६० अंकले घटेर दुई हजार ३ सय ८५ दशमलब ६४ विन्दुमा रोकिएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४४ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका २४ कम्पनीको शेयरमूल्य बढेको छ भने १६७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४८८.९० रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज हिमालयन उर्जा विकास कम्पनी र इमर्जिङ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने इमर्जिङ कम्पनीको ७ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ४ करोड ९९ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस