यी २० देशका लागि प्रस्तावित राजदूतविरूद्ध सूचना तथा उजुरी दिन सकिने
- गाउँ सहर संवाददाता
- ४ बैशाख आइतबार, २०७९ | ०८:०८:०० मा प्रकाशित

काठमाडाैं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि राजदूतमा सिफारिस व्यक्तिहरुमाथि उजुरी आह्वान गरेको छ । समितिले एक सूचना जारी गर्दै प्रस्तावित २० राजदूतमाथि उजुरी आह्वान गरेको हो ।
सरकारले नियुक्तिका लागि सिफारिस गरेको र संसदीय सुनुवाइका लागि समितिमा पत्र प्राप्त हुन आएकाले सूचना प्रकाशन गरिएको सूचनामा जनाइएको छ ।
१२ वैशाखभित्र उजुरी दिन आह्वान गरिएको छ । त्यसपछि संसदीय सुनुवाइ हुनेछ । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।
२४ चैतको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ पश्चात् राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस