यी २० देशका लागि प्रस्तावित राजदूतविरूद्ध सूचना तथा उजुरी दिन सकिने
- गाउँ सहर संवाददाता
- ४ बैशाख आइतबार, २०७९ | ०८:०८:०० मा प्रकाशित
काठमाडाैं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि राजदूतमा सिफारिस व्यक्तिहरुमाथि उजुरी आह्वान गरेको छ । समितिले एक सूचना जारी गर्दै प्रस्तावित २० राजदूतमाथि उजुरी आह्वान गरेको हो ।
सरकारले नियुक्तिका लागि सिफारिस गरेको र संसदीय सुनुवाइका लागि समितिमा पत्र प्राप्त हुन आएकाले सूचना प्रकाशन गरिएको सूचनामा जनाइएको छ ।
१२ वैशाखभित्र उजुरी दिन आह्वान गरिएको छ । त्यसपछि संसदीय सुनुवाइ हुनेछ । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।
२४ चैतको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ पश्चात् राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस