पोखराको संस्कृत क्याम्पसको अनुसन्धानात्मक जर्नल लोकर्पण
- गाउँ सहर संवाददाता
- २ बैशाख शुक्रबार, २०७९ | १६:४०:०० मा प्रकाशित
पोखरा । विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराको अनुसन्धानात्मक व्यवस्थापन एकाइद्वारा प्रकाशित अनुसन्धानात्मक जर्नल कौमोदकी लोकार्पण गरिएको छ ।
जर्नलको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले लोकार्पण तथा विद्यापीठको वेबसाइट प्रयोग पनि शुभारम्भ गरे ।
कार्यक्रममा शिक्षाध्यक्ष खतिवडाले नेपाल संस्कृत विश्वविद्यालय स्थापनाको उद्देश्य अनुरुप ज्ञान विज्ञानको खोजीमा कृयाशिल विश्वविद्यालयका आङ्गिक विद्यापीठहरूले पौरस्त्य पाश्चात्य वाङ्मयको अध्ययन अध्यापनमा जोड दिएको वताए । पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्रा.डा.कुशुमाकर न्यौपानेले संस्कृत वाङ्मयका ज्ञान राशीलाई विद्वानहरूले युगानुकुल रुपमा व्यवहारोपयोगी बनाउँदै लैजानुपर्ने बताए ।
विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले विद्यापीठको समग्र विकास र भइरहेका प्रगतिमाथि प्रकाश पार्दै अनुसन्धानको महत्वको बोध गरी यसको निरन्तरतामा विद्यापीठको अर्जुनदृष्टि रहेको बताए । उक्त अवसरमा जर्नलमा प्रकाशित लेखरचनाको प्रा.डा.यामबहादुर पौडेल क्षेत्री, सहप्रा. डा. लक्ष्मीशरण अधिकारी, सहप्रा.डा.काशीनाथ कंडेल, डा.सवीन्द्रराज भण्डारी, डा.भोलानारायण रेग्मीले समीक्षा गरेका थिए ।
कार्यक्रममा सहप्रा.डा.चूडामणि कंडेलले जर्नल प्रकाशन र वेबसाइट निर्माणका प्रयास र औचित्यमाथि प्रकाश पारे भने नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष सहप्रा.आनन्दमणि रिजालले विद्यापीठले अनुसन्धानका क्षेत्रमा नयाँ फड्को मारेको बताए । विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बराल, प्राध्यापक संघ एकाइ सभापति सहप्रा.अम्बिकाप्रसाद भट्टराई तथा अन्य वक्ताहरूले अनुसन्धानका व्यवहारिक र शास्त्रीय पक्षको सन्तुलनमा जोड दिदै प्राज्ञिक गतिविधि नै विद्यापीठको प्राण भएको धारणा राखे । अनुसन्धान व्यवस्थापन एकाइका संयोजक प्रा.डा.शालिग्राम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एकाइका सदस्य उपप्राध्यापक प्रकाश पौडेलले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस