जनप्रतिनिधिकाे राजीनामा विवादबारे वैशाख ४ गते सुनुवाइ हुने
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | १९:१५:०० मा प्रकाशित

काठमाडाैं । स्थानीय तहमा बहालवाला जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवारी दर्ता गर्नु पहिला नै राजीनामा गर्ने कि नगर्ने विषयमा सर्वोच्च अदालतमा आउँदो वैशाख ४ गते सुनुवाइ हुने भएको छ ।
बुधबार न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले उक्त विवादमा रिट निवेदक जनप्रतिनिधि र विपक्षी निर्वाचन आयोगलाई छलफलमा बोलाएको छ ।
निर्वाचन आयोगले मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा राखेपछि राजनीतिक दलहरुले उक्त व्यवस्थाको विरोध गरेका थिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन लामाले राजीनामाको व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा वैशाख ३० गतेका लागि घोषित स्थानीय तह निर्वाचनमा सहभागी हुने भए अहिलेका जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्ने दिन वैशाख ११ र १२ गते पहिल्यै राजीनामा गरेको हुनुपर्ने उल्लेख थियो ।
उक्त रिटमा सुनुवाइ गर्दै ८ चैतमा सर्वोच्च अदालतले राजीनाको व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको थियो । सो अन्तरकालीन आदेश खारेज गर्न माग गर्दै निर्वाचन आयोग बुधबार सर्वोच्च अदालत गएको थियो ।
निर्वाचन आयोगको उक्त निवेदनको सुनुवाइ गर्दै न्यायाधीश केसी र रेग्मीको इजलासले दुवै पक्षलाई वैशाख ४ मा छलफलमा बोलाएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
प्रतिकृया दिनुहोस