जनप्रतिनिधिकाे राजीनामा विवादबारे वैशाख ४ गते सुनुवाइ हुने
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | १९:१५:०० मा प्रकाशित
काठमाडाैं । स्थानीय तहमा बहालवाला जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवारी दर्ता गर्नु पहिला नै राजीनामा गर्ने कि नगर्ने विषयमा सर्वोच्च अदालतमा आउँदो वैशाख ४ गते सुनुवाइ हुने भएको छ ।
बुधबार न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले उक्त विवादमा रिट निवेदक जनप्रतिनिधि र विपक्षी निर्वाचन आयोगलाई छलफलमा बोलाएको छ ।
निर्वाचन आयोगले मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा राखेपछि राजनीतिक दलहरुले उक्त व्यवस्थाको विरोध गरेका थिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन लामाले राजीनामाको व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा वैशाख ३० गतेका लागि घोषित स्थानीय तह निर्वाचनमा सहभागी हुने भए अहिलेका जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्ने दिन वैशाख ११ र १२ गते पहिल्यै राजीनामा गरेको हुनुपर्ने उल्लेख थियो ।
उक्त रिटमा सुनुवाइ गर्दै ८ चैतमा सर्वोच्च अदालतले राजीनाको व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको थियो । सो अन्तरकालीन आदेश खारेज गर्न माग गर्दै निर्वाचन आयोग बुधबार सर्वोच्च अदालत गएको थियो ।
निर्वाचन आयोगको उक्त निवेदनको सुनुवाइ गर्दै न्यायाधीश केसी र रेग्मीको इजलासले दुवै पक्षलाई वैशाख ४ मा छलफलमा बोलाएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस