स्वास्थ्य

बिहीबार थपिए १९ जना काेराेना संक्रमित, ४९ जना घर फर्किए

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ याे अवधिमा भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४९ जना निको भएका छन् भने हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता