विश्व
रूस - युक्रेन युद्ध : मारिउपोलमा १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु
- गाउँ सहर संवाददाता
- २९ चैत मंगलबार, २०७८ | १२:५८:०० मा प्रकाशित
एजेन्सी । युक्रेनको तटीय सहर मारिउपोलमा १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु जनाइएकाे छ । रुसी सेनाको कब्जामा रहेको युक्रेनको तटीय सहर मारिउपोलमा १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको एजेन्सीले बताएकाे छ ।
मारिउपोलका मेयर भादिम बोयचेन्कोले युद्ध सुरु भएयता दक्षिणी तटीय सहरमा १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताएका हुन् । उनले मृत्यु हुनेको संख्या २० हजार नाघ्न सक्ने बताएका छन् ।
मारिउपोलमा अझै एक लाख २० हजार सर्वसाधारण रहेका र उनीहरूलाई तत्काल खाद्यान्न, खानेपानी र औषधिको आवश्यक रहेको बोयचेन्कोले बताए । मेयरले एसाेसिएट प्रेस (एपी) सँग बताएको उक्त कुरा बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस