विश्व
रूस - युक्रेन युद्ध : मारिउपोलमा १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु
- गाउँ सहर संवाददाता
- २९ चैत मंगलबार, २०७८ | १२:५८:०० मा प्रकाशित

एजेन्सी । युक्रेनको तटीय सहर मारिउपोलमा १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु जनाइएकाे छ । रुसी सेनाको कब्जामा रहेको युक्रेनको तटीय सहर मारिउपोलमा १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको एजेन्सीले बताएकाे छ ।
मारिउपोलका मेयर भादिम बोयचेन्कोले युद्ध सुरु भएयता दक्षिणी तटीय सहरमा १० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको बताएका हुन् । उनले मृत्यु हुनेको संख्या २० हजार नाघ्न सक्ने बताएका छन् ।
मारिउपोलमा अझै एक लाख २० हजार सर्वसाधारण रहेका र उनीहरूलाई तत्काल खाद्यान्न, खानेपानी र औषधिको आवश्यक रहेको बोयचेन्कोले बताए । मेयरले एसाेसिएट प्रेस (एपी) सँग बताएको उक्त कुरा बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस