प्रदेश नं १, बागमती र गण्डकीका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षा
- गाउँ सहर संवाददाता
- २९ चैत मंगलबार, २०७८ | ०४:२३:०० मा प्रकाशित
काठमाडाैँ । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
उसका अनुसार आज २०७८ चैत्र २९ गते (मंगलबार) दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ । प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू भागहरुका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस