गाेकर्णेश्वर नगर प्रमुखमा द्वारिका श्रेष्ठकाे चर्चा
- गाउँ सहर संवाददाता
- २७ चैत आइतबार, २०७८ | २०:३८:०० मा प्रकाशित

स्थानीय सरकारको निर्वाचन २०७९ बैशाख ३० गते तोकिएसँगै सामाजिक सञ्जालहरुमा उम्मेदवारहरुको चर्चा परिचर्चा पनि व्यापक हुँदै आएको छ । कतिपय स्वस्फूर्त उम्मेदवार घाेषणा गर्न थालेका छन् भने कतिपयलाई पार्टीले सिफारिस । सामाजिक कार्यमा संलग्न धेरै व्यक्तिहरु पनि उम्मेदवारीको तयारीमा रहेका छन् । राजनीतिलाई हालको युवा पुस्ताले एउटा फोहोरी खेलको रुपमा बुझ्नु परेको यथार्थ पनि कसैबाट लुकेको छैन । धनवाद, डनवाद अनि चाकडीवादले प्रश्रय पाएको वर्तमान अवस्थाले गर्दा नै युवापिढीँ माझ राजनीतिप्रति नकारात्मक सोच भरिन पुगेको हो । यसै सन्दर्भमा सामाजिक कार्यमा क्रियाशील व्यक्तिहरूले पनि राजनीतिमा सक्रियता देखाउन थालेका छन् ।
काठमाडाैंकाे गोकर्णेश्वर नगरपालिकामा नेकपा एमालेबाट द्वारिका श्रेष्ठ पनि मेयर पदका लागि आकांक्षी देखिएका छन् । नगरपालिकाकाे वडा नं- १, नयाँपाटी निवासी श्रेष्ठ लायन्स क्लबमार्फत सक्रिय रहँदै सामाजिक सेवामा समर्पित रहँदै आएका छन् ।
काे हुन् श्रेष्ठ ?
२०३२ साल वैशाख १ गते स्वर्गीय ज्ञानी श्रेष्ठ र विष्णु श्रेष्ठको जेष्ठ सन्तानको रुपमा गोकर्णेश्वर नगरपालिका वडा न १, नयाँपाटीमा जन्मिएका श्रेष्ठ २२ वर्षको उमेरमा नै अर्थात २०५४ सालको स्थानीय निर्वाचनमा होमिएका थिए । श्रेष्ठ सोही वर्ष नेकपा एमालेको तर्फबाट नयाँपाटी गाविसको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
०४६ सालको निरंकुश शासन विरुद्धको आन्दोलन, वि सं २०५९ सालको राजाको प्रतिगामी कदमको विरुद्धमा भएको आन्दोलन तथा ०६२/६३ सालको दोश्रो जनआन्दोलनमासमेत अग्रपङ्तीमा रही सहभागी हुँदै लोकतन्त्रको पक्षमा वकालत गर्दै आइरहेका श्रेष्ठ सामाजिक कार्यमा रहेर पनि निरन्तर काम गरिरहेका छन् ।
श्रेष्ठ सन् २००५ देखि लायन्स क्लब अफ काठमाडौं राइजिङसन मार्फत सामाजिक सेवाका कार्यहरुमा अत्यन्त सक्रियताका साथ सहभागी हुँदै आएका छन् । यस दौरानमा राइजिन सन लायन्स क्लबको २ पटक अध्यक्ष, आफु अध्यक्ष हुँदा डिष्ट्रिक्ट ३२५ ए१ को वार्षिक अधिवेशन आयोजक, जोन चेयर पर्सन, एडिसनल क्याबिनेट सेक्रेटरी, क्लोथ बैंकका चिफ हुँदै वर्ष २०२२/२३ का लागि डिष्ट्रिक्ट ३२५ डि का डिष्ट्रिक्ट गभर्नर लायन विष्णुभाइ श्रेष्ठले हङ्गर रिलिफ एण्ड फूड बैंक चिफमासमेत मनोनीत गरि सकेका छन् ।
लायन्स क्लब इन्टरनेशनलको अन्तराष्ट्रिय महाधिवेशनमा सहभागिता जनाउने क्रममा र व्यक्तिगत व्यवसायिक भ्रमणको रुपमा अमेरिका, जापान, कोरिया, नर्वे, डेनमार्क, स्वीडेन, इटाली, जर्मनी, थाइल्यान्ड, सिङ्गापुर, मलेसिया, श्रीलंका लगायत २ दर्जन भन्दा बढी मुलुकको यात्रा गरि ती मुलुकहरुका विकासका मोडेललाई नजिकबाट अवलोकन अनुभव गरिकेका श्रेष्ठलाई नगरबासीले पनि मेयरकाे रूपमा हेर्न चाहेका छन् । उनकाे मात्रै चाहनाभन्दा पनि नगरबासीकाे पनि चाहनामा उनी मेयरका बलियाे दाबेदार र आकांक्षी देखिएका छन् । भूगाेल र सामाजिक कार्यसँग नजिक रहेर काम गरिरहेका श्रेष्ठलाई नगरकाे मेयर बनाउन सके नगरपालिकाले सामाजिक, आर्थिक र सांस्कृतिक विकास र सम्बद्र्धनमा अपेक्षाकृत रूपमा छिटाे फड्काे मार्ने नगरबासीकाे अनुमान र अपेक्षा देखिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस