कस्केली अधिकृत समाजको १० औं साधारणसभा तथा सातौ अधिवेशन सम्पन्न
- गाउँ सहर संवाददाता
- २७ चैत आइतबार, २०७८ | ११:५७:०० मा प्रकाशित
पोखरा । कस्केली अधिकृत समाजको १० औं साधारणसभा तथा सातौं अधिवेशन एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । अधिवेशनले समाजको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
चन्द्रबहादुर सुवेदीको अध्यक्षतमा निर्वाचित समितिको उपाध्यक्षमा लोकनाथ दवाडी, सचिवमा महेश पौडेल, सहसचिवमा विष्णुप्रसाद पोखरेल र कोषाध्यक्षमा सुमित्रा मल्ल उदास रहेका छन् । त्यस्तै समितिको सदस्यहरूमा अनिल शाही, ई.सजिन्द्र तुलाचन, वासुदेव पौडेल, विजयप्रसाद लामिछाने, वसन्त चालिसे, सन्तोष ढुङ्गाना, चन्द्रावती अधिकारी (वाग्ले), अनिल सुवेदी र मैया पराजुली चयन भए ।
अधिवेशन सम्पन्न गर्न कृष्णकान्त सिग्देलको संयोजकत्वमा प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, भगवान पन्त र दीर्घ ढुङ्गाना सदस्य रहेका निर्वाचन समिति गठन गरिएको थियो ।
यस अघि अधिवेशनको उद्घाटन समारोहमा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले कस्केली अधिकृत समाजलाई सामाजिक काम गर्ने माध्यमका रुपमा अघि बढाउनुपर्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस