अर्थतन्त्र

सुनकाे मूल्य ताेलामा लाख भन्दामाथि, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य तोलामा लाख रुपैयाँ नाघेको छ । आज सुनको मूल्य तोलामै एक लाख नाघेको देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३६५ रुपैयाँ कायम गरिएको महासंघले बताएकाे छ । 

गाउँ सहर संवाददाता