स्वास्थ्य

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । साेही समयभित्र कसैको पनि मृत्‍यु भएको छैन ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् भने हाल देशभर ७६५ जना सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता