नेप्सेकाे ओरालो यात्रा कायमै, काराेबार रकममा पनि भएन सुधार
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | १५:२०:०० मा प्रकाशित

काठमाडाैं । शेयर बजार साताको कारोबारको चौथो दिन बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २३.३२ अंकले घटेर दुई हजार ४ सय २८ दशमलब ७५ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से ४६.४६ अंकले घटेर दुई हजार ४ सय ५२ दशमलब ६ विन्दुमा बन्द भएको थियो ।
आज कारोबार रकममा पनि गिराटवट आएको छ । आज एक अर्ब ९९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार २ अर्ब ६७ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका २२ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने १० प्रतिशतले वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४५.५० रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज इमर्जिङ नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज ८ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस