जिप दुर्घटना हुँदा भाइकाे मृत्यु, दाजु घाइते
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | १३:०५:०० मा प्रकाशित
काठमाडाैं । जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे । अर्का एक सामान्य घाइते छन् ।
शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षका नारायण वलीको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप घुम्तीबाट १५ मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका नारायणको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
उक्त जिपका चालक २१ वर्षका थलराज वली हुन् । दुर्घटनामा उनी पनि घाइते छन् । मृत्यु भएका नारायण उनका भाइ हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा भाइको मृत्यु र चालकसमेत रहेका दाजु सामान्य घाइते छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुलेको छैन ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस