राजनीति

रावलको गृहजिल्लामा एमालेविरुद्ध गठबन्धन (विज्ञप्तिसहित )

काठमाडाैं । एमाले नेता भीम रावलको गृहजिल्ला अछाममा पनि कांग्रेस र माओवादीसहितका तीन दलले गठबन्धन गर्ने निर्णय लिएका छन् ।

आइतवार बसेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीका जिल्ला नेताको बैठकले सबै स्थानीय तहमा गठबन्धन गरेर जाने निर्णय लिएको हो ।

तीनदलले सयुक्त विज्ञप्ति जारी गदै आगामी स्थानीय तह निर्वाचन २०७९ मा १० वटै स्थानीय तह र ९१ वटै वडाहरूमा गठबन्धन अघि बढाउने सहमति भएको बताएका छन् ।

स्थानीय तहका कमिटी र कार्यसमितिहरूलाई गठबन्धनको मम र भावना अनुसार अघि बढ्न हामी सार्वजनिक अनुरोध विज्ञप्तिमा गरिएको छ ।

गाउँ सहर संवाददाता