अर्थतन्त्र

सुनचाँदीकाे मूल्यमा गिरावट, के छ बजार भाउ ?

काठमाडाैं । साेमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । आइतबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको छ

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३५० रुपैयाँ कायम गरिएको महासंघले बताएकाे छ ।  

गाउँ सहर संवाददाता