मोटरसाइकल दुर्घटनामा महिलाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- २१ चैत सोमबार, २०७८ | १०:३०:०० मा प्रकाशित
काठमाडाैं । मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । काठमाडौंको स्युचाटार पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटकी एक युवतीको मृत्यु भएको हाे ।
बागमति प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको कुमारी १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । मोटरसाइकल दर्नाल आफैले चलाएकी थिइन् ।
गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कलंकीस्थित नेपाल नेशनल अस्पतालमा गएराति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लक्ष्मीले तीव्र गतिमा चलाएको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।
उनको शवलाई पोष्टमार्टमको लागि महाराजगंजस्थित त्रि.वि शिक्षण अस्पतालमा राखिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
प्रतिकृया दिनुहोस