समयमै काम नगर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- गाउँ सहर संवाददाता
- २१ चैत सोमबार, २०७८ | १०:११:०० मा प्रकाशित
काठमाडौं । सरकारले समयमै काम नगर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म कालो सूचीमा राखिएको जनाएको छ ।
साथै लक्षमान काजी श्रेष्ठ मुख्य व्यक्ति रहेको चिराग कन्स्ट्रक्सन गोखरा, सञ्जयकुमार साह मुख्य व्यक्ति रहेको कर्णाली विल्डर्स जनकपुरधाम, मोहमद मनिर शेख मुख्य व्यक्ति रहेको फैजल एण्ड अफजल कन्स्ट्रक्सन कम्पनीलाई एक/एक वर्ष कालोसूचीमा राखिएको छ ।कार्यालयका अनुसार पवनप्रसाद न्यौपाने मुख्य व्यक्ति रहेको कुशलदेव निर्माण सेवा रसुवा र दावा सोनाम लामा मुख्य व्यक्ति रहेको तितुङ कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई पनि एक/एक वर्ष कालोसूचीमा राखिएको छ ।
जसअनुसार मुख्य व्यक्ति चेन जिझिन रहेको टीबीईए इनर्जी इन्डिया प्रालि कन्सोर्टियम विथ पीपी इन्डष्ट्रिजलाई तीन वर्ष कालोसूचीमा राखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विद्यार्थीको मौन तनाव बुझ्न महाकालीका शिक्षकलाई तीनदिने प्रशिक्षण
- उमाकुण्ड–४ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन, सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
प्रतिकृया दिनुहोस