समयमै काम नगर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- गाउँ सहर संवाददाता
- २१ चैत सोमबार, २०७८ | १०:११:०० मा प्रकाशित
काठमाडौं । सरकारले समयमै काम नगर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म कालो सूचीमा राखिएको जनाएको छ ।
साथै लक्षमान काजी श्रेष्ठ मुख्य व्यक्ति रहेको चिराग कन्स्ट्रक्सन गोखरा, सञ्जयकुमार साह मुख्य व्यक्ति रहेको कर्णाली विल्डर्स जनकपुरधाम, मोहमद मनिर शेख मुख्य व्यक्ति रहेको फैजल एण्ड अफजल कन्स्ट्रक्सन कम्पनीलाई एक/एक वर्ष कालोसूचीमा राखिएको छ ।कार्यालयका अनुसार पवनप्रसाद न्यौपाने मुख्य व्यक्ति रहेको कुशलदेव निर्माण सेवा रसुवा र दावा सोनाम लामा मुख्य व्यक्ति रहेको तितुङ कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई पनि एक/एक वर्ष कालोसूचीमा राखिएको छ ।
जसअनुसार मुख्य व्यक्ति चेन जिझिन रहेको टीबीईए इनर्जी इन्डिया प्रालि कन्सोर्टियम विथ पीपी इन्डष्ट्रिजलाई तीन वर्ष कालोसूचीमा राखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस