मन्थली नगरपालिकाकाे प्रमुखमा महेश कुमार कार्कीद्वारा उम्मेद्वार बन्ने घाेषणा
- गाउँ सहर संवाददाता
- १७ चैत बिहीबार, २०७८ | २१:२८:०० मा प्रकाशित
रामेछाप । नेपाली कांग्रेसका युवा नेता महेश कुमार कार्कीले मन्थली नगरपालिकाकाे प्रमुख पदमा उम्मेद्वारी दिने घाेषणा गरेका छन् ।
"घर-घर जाऔँ, कांग्रेस जिताऔँ अभियान" अन्तर्गत मन्थली नगरपालिका वडा न.५ सुनारपानीमा बिहीबार आयोजित कार्यक्रममा कार्कीले नगरपालिकाकाे प्रमुख पदमा उम्मेद्वारी दिने घाेषणा गरेका हुन् ।
वैशाख ३० गते हुन लागेकाे स्थानीय निर्वाचनमा उम्मेद्वारी दिने क्रम शुरू भएकाे छ ।
रामेछापबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिसमेत रहेका कार्कीले नेविसंघबाट राजनीति शुरू गरेका हुन् । शैक्षिक परामर्श पेशामा आवद्ध उनी रामेछापमा कांग्रेस संगठन निर्माणमा पनि उत्तिकै क्रियाशील छन् ।
०४६ मा निरङ्कुश पञ्चायती व्यवस्था तथा ०६२/६३ तानाशाही राजतन्त्रविरूद्ध सक्रिय सहभागी भएका कार्की संघीय मामिला तथा प्रदेश समन्वय विभागकाे सदस्यका रूपमा काम गरिसकेका छन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) तथा लाेकतान्त्रिक शैक्षिक परामर्श संघ (डिक्यान) का सल्लाहकारसमेत रहेका कार्की सामाजिक कार्यमा पनि सक्रिय छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस