गाउँ सहर
प्रभु लाइफ इन्स्योरेन्सकाे संचालक समिति अध्यक्षमा सुभाष अमात्य नियुक्त
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | १८:२३:०० मा प्रकाशित

काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको यहि मिति २०७८/१२/१६ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गरेका सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।
नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।
यस अघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेले मिति २०७८/१२/१६ गते देखिनै लागु हुने गरी व्यक्तिगत कारणले राजीनामा दिएका थिए ।
२०७४ मंसिर २८ गतेबाट संचालनमा आएको यस कम्पनीले देशभरका १०० वटा शाखा/उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय संचालन गर्दै आइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस