नेपालकाे लगातार दाेस्राे जित, ६ विकेटले मलेसिया पराजित
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | १६:२१:०० मा प्रकाशित

काठमाडाैं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। मलेसियाका लागि जुबाइदी जुल्किफले ३२, अहमद फैजले २४, मुहम्मद अमिरले १६ र सइद अजिजले १४ रन बनाए ।
बलिङतर्फ नेपालका करन केसी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहोरा, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए ।
११५ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको नेपालले १३ ओभर ४ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। नेपालका लागि आशिफ शेखले अर्धशतक प्रहार गरे। ३८ बलको सामना गरेका उनले ७ चौका र १ छक्काको मद्दतमा ५७ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २१, रोहित पौडेलले १२, दिलिपनाथले १५, कुशल मल्लले २ र कुशल भुर्तेलले १ रन थपे ।
मलेसियाका पवनदीप सिंहले दुई, सइद अजिज र मुहम्मद अमिले एक–एक विकेट लिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस