अर्थतन्त्र

आज पनि घट्याे सुनचाँदीकाे मूल्य, यस्ताे छ बजार भाउ

काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । मंगलबार सुनको मूल्य तोलामा १३ सयले घटेको थियो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार ८ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ । 

हिजो चाँदीको मूल्य प्रतितोला १३७० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३६० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएको छ । 

गाउँ सहर संवाददाता