स्वास्थ्य

काेराेना अपडेट : २३ जनामा संक्रमण पुष्टि , २१५ जना निकाे

 काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जानकारी दिएकाे छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।

आइतबार २१५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १ हजार ५५८जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घण्टामा ३ हजार ७८० पीसीआर तथा १ हजार ४४२ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता