निमास एजुकेशन १४औं वर्षमा प्रवेश
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | ०५:४०:०० मा प्रकाशित
काठमाडाैं । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको निमास एजुकेशन प्रा.लि. १३ वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको बागबजारमा प्रधान कार्यालय रहेको कम्पनीले वार्षिकोत्सवको अवसरमा विद्यार्थी, अभिभावक, विदेशस्थित कलेज तथा युनिभर्सिटी तथा शुभेच्छुक सम्पूर्णप्रति आभार व्यक्त गरेको छ ।
प्रालिका निर्देशक सरोज थापाको गत बर्ष कोरोना सङ्क्रमण पश्चात निधन भएका कारण यस वर्ष वार्षिकोत्सवको अवसरमा प्रालिले औपचारिक कार्यक्रम भने गरेको छैन । वार्षिकोत्सवलाई मध्यनजर गर्दै छुट अफर भने सार्वजनिक गरिएको छ । वार्षिकोत्सवको अवसरमा पिटिई तथा आईएलटिएसको कक्षामा ५० प्रतिशत छुट प्रदान हुने कम्पनीले जनाएको छ । विदेश जान चाहने विद्यार्थीको प्रोसेसिङ शुल्कमा पनि विशेष छुट प्रदान हुनेछ । प्रालिका निर्देशक थापाको निधन भएको वार्षिक पूण्यतिथिको दिन आगामी जेठ ७ गतेसम्म यो अफर जारी रहने प्रालिले जनाएको छ ।
कम्पनीले अष्ट्रेलिया, न्युजील्याण्ड, क्यानडा, अमेरिका, युके, युरोप, फिलिपिन्स, चाइनामा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको प्रवन्ध निर्देशक गीता रिजालले जानकारी गराइन् । निमास एजुकेशनले परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट प्रिपेसन, भाषा शिक्षण र इन्ट्रान्स तयारी कक्षा समेत सञ्चालन गर्दै आइरहेको छ ।
निमास एजुकेशन आइएसओ ९००१–२०१५ सर्टिफाइड कम्पनी हो । अन्तर्राष्ट्रियस्तरमा रिकग्नाइज एजेन्सीका रुपमा आफूले काम गरिरहेको छ । पिआइआर, आइसिएफ, एजुकेशन न्युजील्याण्ड, युएसएटिसी, सिसिए, आइएसएएनए, जस्ता अन्तर्राष्ट्रिय संस्थाबाट पनि निमास एजुकेशन रिकग्नाइज संस्था हो । कम्पनीका प्रवन्ध निर्देशक गीता रिजाल फेकनको पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण समन्वय समितिको सदस्य भएर पनि काम गरिरहेकी छन् । गीता रिजाल पायर, टिआइटिआइ र न्युजिल्याण्डबाट सर्टिफाइड काउन्सिलरसमेत हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस