स्वास्थ्य

काेराेना अपडेट : पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४३४२ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा शून्य मृत्यु छ । 

मन्त्रालयका अनुसार अहिले देशभर १९६० जना सक्रिय संक्रमित रहेका छन् भने ६४३४७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले निको हुनेको दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
 

गाउँ सहर संवाददाता