स्वास्थ्य

५ - ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप प्रयोगको स्वीकृति दिने

काठमाडाैं । औषधि व्यवस्था विभागले ५ - ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड–१९ विरुद्धको फाइजर खोप प्रयोगका लागि स्वीकृति दिने भएको छ ।

सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिन ८४ लाख डोज फाइजर खोप ल्याउने पक्रिया अघि बढाइरहेको छ ।

विभागका प्रवक्ता सन्तोष केशीले औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले सो खोप प्रयोग अनुमति दिने निर्णय गरेको जानकारी दिएका छन् ।

सरकारले हाल ११ वर्षभन्दा माथिका नागरिकका लागि दिएको थियो ।

गाउँ सहर संवाददाता