स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने : निर्वाचन आयोग
- गाउँ सहर संवाददाता
- १० चैत बिहीबार, २०७८ | १६:५१:०० मा प्रकाशित

काठमाडाैं । स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने भएकाे छ । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको जनाएकाे छ । बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिएका छन् ।
मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको अर्यालले जानकारी दिए । तर जनक शिक्षालाई दिने निर्णय भने भइसकेको छैन् । आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलको विभिन्न जिल्लामा रहेका उनीहरुको संगठनको चैत ६ गतेसम्म बिवरण माग गरेकोमा सो को रुजु भइरहेको जानकारी दिए ।
निर्वाचन आचार संहिता कार्यान्वयनका सन्दर्भमा देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचार संहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । मतदाता नामावली, परिचय पत्र निर्माण सामग्री छपाइका लागि ६ फर्मसँग सम्झौता भएको आयोगले जनाएको छ ।
यस्तै मतदाता शिक्षाका लागि निर्वाचन सामग्री उत्पादनका लागि विभिन्न फर्महरुको आवेदन लिएको र त्यसबारे अध्ययन भइरहेको आयोगले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस