ट्रक दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, पाँच घाइते
- गाउँ सहर संवाददाता
- ७ चैत सोमबार, २०७८ | १२:१३:०० मा प्रकाशित
काठमाडाैं । ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे भने पाँच घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् ।
गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ मा से१ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते चन्दको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
घाइते हुनेमा सुर्नया गाउँपालिका–३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया विमला चन्द र २३ वर्षीया पार्वती विष्ट छन् । माधवी, वसन्ती र कलावतीको डडेल्धुरा अस्पतालमा तथा विमला र पार्वतीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको मिनी ट्रक सडकको नालीमा पल्टिएको हो । चालक पाटन नगरपालिका–४ का वीरेन्द्र खत्री फरार छन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे र चालककाे खाेजी भइरहेकाे बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस