विश्व

रुस र युक्रेनबीच पुनः शान्तिवार्ता हुने

काठमाडाैं । रुस र युक्रेनबीच पुनः शान्तिवार्ता हुने भएको छ । युक्रेन्स्का प्राब्दाका अनुसार आज सोमबार दुई देशबीच रुसी र युक्रेनी वार्ताकारबीच भर्चुअल रुपमा वार्ता हुने अलजजिराले उल्लेख गरेको छ ।

युक्रेनी अधिकारी डेभिढ अराखामियाले उक्त सञ्चारगृहले दिएको जानकारी अनुसार द्वन्द्व अन्त्य गर्न अनौपचारिक रुपमा विज्ञ समूहबीच दिनानुदिन छलफल भइरहेको बताएका छन् ।

रूसले युक्रेनमाथि सैन्य हमला गरेकाे चाैंथाै हप्ताभित्र पटक पटक शान्तिवार्ता भएका छन् ।

गाउँ सहर संवाददाता