यी हुन् नेप्सेले वर्गिकृत गरेका कम्पनीहरू (सूचीसहित)
- गाउँ सहर संवाददाता
- ६ चैत आइतबार, २०७८ | १७:५०:०० मा प्रकाशित

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको वर्गिकरण गरेको छ ।
नेप्सेले ‘ए’, ‘बि’, ‘जि’ र ‘जेड’ गरी ४ वटा समूहमा विभाजन गरेर वर्गिकरण गरेको छ । नेप्सेले माघ ८ देखि २३ गतेसम्म सूचीकृत कम्पनीलाई संगठित संस्थाको वर्गिाकरण गर्नको लागि आवश्यक विवरण माग गरेको र त्यही विवरणको आधारमा वर्गिकरण गरेको जनाएको छ ।
वर्गिकरणको ‘ए’ मा वाणिज्य बैंक २५ वटा, विकास बैंक ४ वटा, फाइनान्स कम्पनी २ वटा, माइक्रोफाइनान्स १ वटा, जलविद्युत कम्पनी ३ वटा, उत्पादन मुलक कम्पनी एउटा रहेको छ ।
समूह ‘बि’मा फाइनान्स कम्पनी २ वटा, माइक्रोफाइनान्स ४ वटा, जलविद्युत २ वटा, लगानीतर्फको एउटा कम्पनी रहेको छ भने समूह ‘जि’ तर्फ माइक्रोफाइनान्स ८ वटा, जीवन बीमा ५ वटा, निर्जीबन बीमा ३ वटा, जलविद्युत कम्पनी १४ वटा, होटल तथा टुरिजम १ वटा, लगानी तर्फ ४ वटा, अन्य तर्फ १ वटा कम्पनी परेको छ ।
सबैभन्दा बढी कम्पनी ‘जेड’ समूहमा रहेका छन् । जेड समूहमा एउटा वाणिज्य बैंक पनि रहेको छ ।जसमा एनआईसी एसिया बैंक रहेको छ । यस्तै उक्त समूहतर्फ विकास बैंक १२ वटा, वित्त कम्पनी १६ वटा, माइक्रोफाइनान्स ४० वटा, जीवन बीमा ७ वटा, निर्जीबन बीमा १५ वटा, जलविद्युत कम्पनी २८ वटा, लगानी तर्फको एउटा कम्पनी, टे«डिङको ४ वटा, उत्पादन तथा प्रशोधन तर्फका १८ वटा, होटल तथा पर्यटन ४ वटा र अन्य समूहका २ वटा कम्पनी यो समूहमा रहेका छन् ।
उक्त वर्गिकरण कुनै कम्पनीलाई चित्ता नबुझेको खण्डमा संस्थाले उक्त समूहमा पर्ने वा नपर्ने कारणसहित ३५ दिन भित्र निवेदन दिनुपर्ने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस