मारियोपोल शहरमा पुगे रूसी फौज : नागरिकहरुको दैनिकी कष्टकर, मुख्य केन्द्रका सडकहरुमा भिडन्त जारी
- गाउँ सहर संवाददाता
- ६ चैत आइतबार, २०७८ | १२:५६:०० मा प्रकाशित
काठमाडाैं । लामो समयदेखि घेराबन्दीमा पारेकाे दक्षिणपूर्वी बन्दरगाह शहर मारियोपोलमा रुसी फौज भित्री शहरसम्म पुगेका छन् । अजोभ समुन्द्रमा पहुँच समाप्त भएको एक दिनपछि मारियोपोल पनि रुसी सेनाको नियन्त्रणमा आएको अलजजिराले जनाएको हो ।
तीन हप्ताको भीषण हमलापछि रुसी फौजको नियन्त्रणमा परेपछि सबैभन्दा बढी विध्वंस हमला मारियोपोलमा भएका तस्बिरहरु बाहिर आएका छन् । ‘बालबालिका र ज्येष्ठ नागरिकहरुको दैनिकी कष्टकर छ, शहर ध्वस्त भएको र पृथ्वीको मुहार नै बिग्रने गरी मारियोपोल नष्ट भएको छ ।’ पश्चिमी शक्ति राष्ट्रहरुलाई सम्बोधन गर्नुहुँदै मारियोपोल प्रहरी अधिकारी मिचाइल भर्सनिले जानकारी दिए ।
अजोभ समुन्द्रमा युक्रेनी पहुँच समाप्त पार्दै रुसी फौजले सन् २०१४ मा अधिनस्थ युक्रेनी भूभाग क्रिमियामा मस्को समर्थित युक्रेनी विद्रोहीको कब्जामा रहेको लुहान्स्कबाट सिधै सम्पर्क हुने बताइएको छ ।
मारियोपोलका नगरप्रमुख भाड्म बोयेचेन्कोले बीबीसीमा दिएको समाचार अनुसार शहरको मुख्य केन्द्रका सडकहरुमा भिडन्त जारी छ ।
ट्यांक, आर्टलरी र विभिन्न प्रकारका हातहतियार सुसजित रुसी सेनाहरु धेरै मात्रामा शहरमा छिरेका छन्, हाम्रा युक्रेनी सेनाले सक्दो प्रयास गरेका छन् तर थोरै भएकाले नाकाम जस्तै छन् ।
‘शान्त भएको एउटा सानो टुक्रा पनि छैन शहरमा जहाँ युद्धको डोब नभएको सङ्केत होस् ’ उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
प्रतिकृया दिनुहोस