एआईजी बडुवा सिफारिसविरुद्ध डिआइजीले बढुवा पुनरावलोकन समितिमा दिए उजुरी
- गाउँ सहर संवाददाता
- ६ चैत आइतबार, २०७८ | ११:५६:०० मा प्रकाशित
काठमाडाैं । गृहमन्त्रालयले आफूभन्दा जुनियर डिआइजीलाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस गरेको भन्दै नेपाल प्रहरीका केही डिआइजीहरुले बढुवा पुनरावलोकन समितिमा उजुरी दिएको जनाएकाे छ ।
नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि तीन जना नायव महानिरीक्षक (डीआईजी) को नाम सिफारिस गरेपछि त्यसमा अन्याय भएको बताउँदै डिआइजीहरुले उजुरी दिएका हुन् ।
बढुवाउपरको उजुरी सुन्ने समितिमा आइतबार ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपी शैलेश थापाको ब्याचका डीआईजीहरुले उजुरी दिएकाे स्राेतले जानकारी दिएकाे छ ।
स्राेतका अनुसार गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त पहिलो नम्बरमा परेका थिए ।
दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहँदा तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक रहेको बढुवा समितिको सचिवालयल जनाएको थियो । डिआइजीहरुले रविन्द्र धानुकको बढुवाको विषयलाई धेरैनै असन्तुष्टि जनाएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस